×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस, बैठक आज पनि बस्दै

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस, बैठक आज पनि बस्दै

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ ।

गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

कार्यदलका सदस्य एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ सय ६५ चुनाव क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारेमा छलफल भइरहेको र आज पुनः छलफल गरी टुङ्गोमा पुग्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्