काठमाडौँ- सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । २०७४ मा एमाले माओवादीको गठबन्ध हुदा समेत जीत निकालेका सञ्चारमन्त्रीसमेत रहेकाकार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत ल्याए ।
दुईजनाबीचको मतान्तर ११२ रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन् ।
अघिल्लो निर्वाचनमा जस्तो यो निर्वाचनमा कार्कीलाई सहज भएन । १३५८ मत गन्न बाँकी हुँदा उनी ८२ मतले पछाडि परेका थिए । त्यो स्थितिलाई उल्टाएर उनले लगातार लिड गरे ।
सुनसरी- ४ नेपाली राजनीतिको लागि महत्वपूर्ण मानिन्छ । यस क्षेत्रबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालादेखि पटकपटक सत्तामा पुगेका उपेन्द्र यादवसमेत यो क्षेत्रबाट जितेर गएका छन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र र २०५६ सालमा यहीँबाट चुनाव जितेका थिए ।