‘विपक्षी टोली कमजोर छैन । पहिलो खेलमा हामी घुलमिल भइसकेका थिएनौँ । श्रीलंकासँग दबाबमा खेल्यौ । पछि घुलमिल भएपछि हामी सबै टोलीलाई सोझो सेटमा हराउन सफल भयौं,’ कप्तान अरूणा भन्छिन् ।‘फाइनलमा पनि सोही अनुसार प्रदर्शन गरेर राष्ट्रलाई फेरी एकपटक स्वर्ण पदक दिलाउनेमा हामी आशावादी छौं ।’
सन् २०१९ मा बंगलादेशमा नै भएको पहिलो संस्करणमा नेपालको पहिलोपटक कप्तानी सम्हालेकी अरूणाले ऐतिहासिक स्वर्ण पदक दिलाएकी थिइन् ।
समूह चरणमा बंगलादेश, अफगानिस्तान र किर्गिस्तानमाथि सोझो सेटमा जित निकालेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ले पराजित गर्दै ऐतिहासिक स्वर्ण पदक जितेको थियो ।