×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विमा

उधारो बीमा अब गर्न नपाइने,बीमा कम्पनी सीइओ रिक्त भएको ३ महिनामा नयाँ नियुक्ति गरिसक्नुपर्ने

उधारो बीमा अब गर्न नपाइने,बीमा कम्पनी सीइओ रिक्त भएको ३  महिनामा नयाँ नियुक्ति गरिसक्नुपर्ने

काठमाडौं - बिमा समितिले बीमको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गर्दै उधारो बिमाको प्रावधान हटाएको छ ।
निर्देशिका संशोधन गर्दै बिमा समितिले दफा ५५ को उपदफा ५ मा रहेको ‘बढीमा सात कार्य दिन भित्र’ बिमा प्रिमियम रकम संकलन गर्नुपर्ने प्रावधानलाई हटाएर बिमा गरेकै दिन रकम प्रिमियम रकम बिमकको खातामा जम्मा हुनुपर्ने अनिवार्य व्यवस्था गरेको हो । यसले उधारोमा बिमा हुने गरेको प्रावधान हट्ने विश्वास गरिएको छ ।

त्यसैगरी कम्पनीको सञ्चालक समितिको स्वीकृतिमा बिमा अभिकर्तालाई नगद र घर÷जग्गा कर्जा बाहेक प्रोत्साहन स्वरुप अन्य व्यवस्था गर्न सकिने जनाएको छ ।

कुनै पनि बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत रिक्त भएको ३ महिना भित्र फेरि अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नुपर्ने व्यवस्था बिमा समितिले गरेको छ । यो व्यवस्थाले नेपाल लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योेरेन्स र नेपाल इन्स्यारेन्सलाई तत्कालै असर पर्नेछ ।

प्रतिकृया दिनुहोस्