×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

मनोज बाजपेयीको ‘द फेमिली म्यान २’ ट्रेलर सार्वजनिक

मनोज बाजपेयीको ‘द फेमिली म्यान २’ ट्रेलर सार्वजनिक

मनोज बाजपेयीको बहु प्रतीक्षित वेब सिरिज ‘द फेमिली म्यान २’ को ट्रेलर सार्वजनिक भएको छ । मेकर्स र मनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रेलर सार्वजनिक भएको जानकारी दिएका हुन् । एक्सन ड्रामा सिरिजको यो ट्रेलर दर्शकले मन पराएका छन् ।

वेब सिरिजको ट्रेलरमा मनोज र दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनी एक्सन अवतारमा देखिएका छन् । मनोजले श्रीकान्त तिवारीको भूमिका निभाएका छन् । उनी एक जासुस हुन्, जसले आफ्नो कामको विषयमा परिवारमा समेत जानकारी दिन सक्दैनन् ।

आफ्नो ज्यान खतरामा हुँदा समेत उनी एक सामान्य सरकारी कर्मचारी झैँ व्यवहार गर्न बाध्य हुन्छन् । सामन्थाले भने महिला आतङ्कवादी राजीको भूमिका निभाएकी छन् । एजेन्सी

https://youtu.be/NGf_B81Hc2M

प्रतिकृया दिनुहोस्