काठमाडौं- दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित भोलिङमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।
ब्यासको छाङ्रुमा रहेका सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा सोमबार दिउँसो थप एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो ।
सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू र सीतापुल प्रहरी टोलीले उक्त शव फेला पारेको हो । यसअघि अन्य तीन जनाको शव फेला परेको थियो । दार्चुलाको दुहु गाउँपालिका–४ पोस्सेकी कमला कुँवर, उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको प्रहरीले जनाएको छ ।
हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका–२ बुडरीकी १५ वर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात रहेको छ । यार्सागुम्बा टिप्नका लागि भोलममा पुगेका उनीहरु हिमपहिरोमा परेका थिए