काठमडौं : नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज केहिबेर अघी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङबाट रनवेतर्फ जाँदा दुर्घटनामा परेको छ ।
उडानको लागि अघि बढ्दै गरेको जहाजको एउटा टायर धसिएको थियो । जहाज १० बजे दुर्घटनामा परेको हो । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।
विमानस्थल स्रोतका अनुसार नेपालगन्ज जान भनेर पार्किङ स्थलबाट रनवेतिर लाग्दा जहाज घाँसे मैदानतिर पुगेको हो। जहाजमा कुनै क्षति नभएको तथा जहाज धावनमार्गमा नगएकाले अरू उडान प्रभावित पनि नभएको विमानस्थल स्रोतले जनाएको छ।