×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुख्यमन्त्रीमा खगराजलाई भोट हाल्छु : दीपक मनाङे

मुख्यमन्त्रीमा खगराजलाई भोट हाल्छु : दीपक मनाङे

पोखरा- स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले सरकारको पक्षमा मतदान गर्ने बताएका छन् । उनले अहिले कम्युनिस्ट एलायन्सभन्दा बाहिर जान नमिल्ने भन्दै कम्युनिस्ट सरकारलाई मतदान गर्ने बताए ।

यसकाे अर्थ गण्डकीमा सत्ता गठबन्धनले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाइ मुख्यमन्त्री बनाउँदा उनले खगराजलाइ नै समर्थन गर्ने छन् ।

`गण्डकीमा कम्युनिस्ट मात्रै मिले पनि सरकार बन्छ । अरू पार्टी धेरै टिक्दैन,´ उनले भने, `राप्रपा केही दिनको लागि आएको हो । बेलैमा बिचार गरोस् ।´ मनाङे मन्त्री बन्नकै लागि कमजोर पार्टीमा छिरेका थिए । तर राजनीतिक समीकरण बिग्रिएपछि एस सरकारबाहिर हुने देखिएको छ । मनाङेले केन्द्रलाई पनि आफू सरकारको समर्थनमा रहने जानकारी गराइसकेको बताए ।

`कम्युनिस्ट भन्ने अनि कम्युनिस्टको सरकार बन्दा समर्थन नगर्ने उहाँहरूको समस्या हो । म सरकारलाई समर्थन गर्छु,´ उनी भन्छन्, `माथिबाट के निर्देशन आउँछ मलाई मतलब छैन ।´ केही समयअघि एकीकृत समाजवादीभन्दा राम्रो पार्टी नेपालमा नभएको उनले बताएका थिए ।

प्रतिकृया दिनुहोस्