×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिगासको मुकाममा सडक पुगेसंगै गाडी गुड्न थाले 

सिगासको मुकाममा सडक पुगेसंगै  गाडी गुड्न थाले 

बैतडी - सोमबार(हिजो) बैतडीको दुर्गम मानिने सिगास गाउँपालिकाको सदरमुकाम गर्जेमा सडक पुगेसंगै पहिलो पटक गाडी पुगेको छ। सदरमुकाम गर्जेमा सडक पुगे सँगै यहाका नागरिक हर्षित भएका छन। डडेलधुराको नवदुर्गा गाउँपालिका हुदै ढुङ्गाडबाट गर्जे २३ किमि सडक खण्ड सिगास गाउँपालिकाको सदरमुकाम गर्जेमा पुगेको हो ।

हरेक क्षेत्रबाट पिछडिएको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगे सँगै स्थानीय नागरिक सहित स्थानिय व्यापारि , कर्मचारी निकै हर्षित भएका छन। बिभिन्न भौगोलिक कठिनाइ मोलेर गर्जे सदरमुकाममा सडक पुगे सँगै सडक पुर्याउन सहयोग गर्ने ढुङ्गाड गर्जे सडक काट्न खटेका डोजर चालकलाई हिजो अबिर मालासहित सम्मान गरिएको थियो।

 यसैबिच आज सिगास गाउँपालिका सदरमुकाम मा पहिलो पटक गाडी पुगाउने जीव चालक,लाई फूलमालासहित गाउँपालिकाअध्यक्ष हरि सिंह धामीले स्वागत एवम सम्मान गर्नुभएको थियो।

पहिलोपटक  उग्रतारा यातायातको म १ ज २१० नम्बर प्लेट को निजी जिपगाडी र नवदुर्गा गाउँपालिका को से १ झ २६८ नम्बर प्लेटको सरकारी गाडी पुगेको छ। सिगासलाई अगाडी बढाउन गाउँपालिका अध्यक्ष हरि सिंह धामीको प्रेरणा स्वरूप गाउँपालिका केन्द्रसम्म सडक पुर्याउन सफल भएको गाउँपालिका प्रवक्ता राम बहादुर धामीले बताउनुभयो। “कसम खान्छु सिगासको,मुल फुटाउँछु बिकासको”भन्ने आफ्नो घोषणापत्र मा रहेको नारा त्यतिकै नबोलेको भन्दै नारा लाई जनताका सामु केही काम गरेर देखाउने गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो।

 

विकास निर्माणको पूर्वाधार सडक सञ्जाल भएको भन्दै सिगास गाउँपालिका को वडा नम्बर ७ बाहेक सबै वडामा सडक सञ्जाल विस्तार भएको पनि उहाँले बताउनुभयो। वडा न. ७ मा सडक सञ्जाल विस्तार गर्न सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारको आर्थिक सहयोग मा सडक काटिन लागेको बताउदै स्थानीय नागरिक लाई ढुक्क भएर प्रतिक्षा गर्न पनि उहाँले अपिल गर्नुभयो।

प्रतिकृया दिनुहोस्