×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

चलचित्र ‘टुल्की’ सबै दर्शकले हेर्न मिल्ने

चलचित्र ‘टुल्की’ सबै दर्शकले हेर्न मिल्ने

काठमाडौँ- चलचित्र ‘टुल्की’ लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधवार सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्र हेरेपछि सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । द पाल्म ग्रुप प्रा.लिको ब्यानरमा शेखर लामाको प्रस्तुति रहेको चलचित्रले हिमाली भेगमा प्रचलित बहु पति प्रथाको कथा बोल्छ । लक्ष्मण सुनारको कथा, देव जङ्ग थापाको छायाङ्कन तथा निर्देशनमा बनेको चलचित्रमा आर.पी. कर्माचार्य र शेखर लामाको लगानी छ ।

शिशिर वाङदेव, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ । ब्राह्मण बस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको छ ।

प्रतिकृया दिनुहोस्