×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अष्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

अष्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

काठमाडौँ। अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको ज्यान गएको छ। मेलबर्नको उत्तरी क्षेत्र क्रेगीबर्न नजिक ह्युम हाइवेमा भएको दुर्घटनामा अलफ्रेड अस्पतालमा कार्यरत सरला र अरुजाको मृत्यु भएको हो।


साथीसँग जन्मदिन मनाएर घर फर्किँदै गर्दा उनीहरू सवार कार दुर्घटनामा परेको थियो। स्थानीय प्रहरीले जनाएअनुसार घाइते कंगारुलाई बचाउने क्रममा गाडी रोकेर उत्रिएका बेला पछाडिबाट तीव्र गतिमा आएको अर्को सवारीले ठक्कर दिएको थियो।


दुर्घटनास्थलमै एक नर्सको मृत्यु भएको र अर्कीको अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्