×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजकाे बैठक पनि निष्कर्षविहीन

आजकाे बैठक पनि निष्कर्षविहीन

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ । 

सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ । 

आगामी ४ मंसिरमा हुने प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन एक भएर जाने निर्णय गरेका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।

प्रतिकृया दिनुहोस्