विराटनगर- धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले कार्यपालिका सदस्यकै राजीनामा माग गरेका छन् । सुनसरीमा पत्रकार सम्मेलन गर्दै उनले कार्यपालिका सदस्यको राजीनामा माग गरेका हुन् । उपमहानगरका प्रमुख साम्पाङ्गले आफूले भनेको नमान्ने कार्यपालिका सदस्याहरुलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका हुन् ।
कार्यपालिका वैठक निरन्तर रुपमा बस्न नसकेपछि उनले पत्रकार सम्मेलन गर्दै भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका हुन् । मेयर सम्पाङले कार्यपालिकाका सदस्यलाई कार्यपालिकाको बैठकमा निस्किएर जानुस् भनेपछि धरानमा एक महिनादेखि बैठक बस्न सकेको छैन ।
कार्यपालिका वैठकमा बहु सस्कृतिक पार्क बनाउने बिषयमा कार्यपालिका सदस्य अनुप देवानले राय राख्दा मेयर साम्पाङ्गले देवानलाई बाहिर जान भनेपछि धरानमा मेयर र वडा अध्यक्षका विचमा विवाद हुँदै आएको छ । कार्यपालिका सदस्यलाई बोल्न नै नदिई बाहिर जानु भनेपछि कार्यपालिका वैठक बस्न सकेको छ्रैन । मेयर र उप मेयर बाहेक अरु कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ्गले माफी माग्नु पर्ने माग गर्दै आएका छन् । उनीहरुले मेयर साम्पाङ्गले कार्यपालिका वैठकमा राय समेत राख्न नदिएकाले माफी माग्नु पर्ने माग राखेका हुन् ।
शुक्रवार बिहान धरानमा पत्रकार सम्मेलन गरेका साम्पाङले आफुले भनेको नटेर्ने कार्यपालिका सदस्यले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने भनेपछि साम्पाङ थप विवादमा तानिएका छन् ।
दलितमाथि प्रहार
धरान उप महानगरका ३ जना कार्यपालिका सदस्यले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्ने मनसाय भएको बताएका छन । साम्पाङले दलित समुदायमाथि दुव्र्यवहार भएको भन्दै कानुन अनुसारको कारबाही गर्न उनीहरुले माग गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै मेयर साम्पाङले ‘मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भन्ने अभिव्यक्तिले दलित समुदाय माथि नै चोट पर्न गएको र यसले दलित समुदायको मौलिक हक र अधिकारलाई कुण्ठित पार्दै दुब्र्यवहार भएको उल्लेख गरिएको छ । धरान उपमहानगरपालिका कार्यपालिका सदस्यहरु सावित्री परियार, देवीमाया विक र दिनेश गजमेरले विज्ञप्ति जारी गरेका हुन् ।
याे पनि