×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

१,९१६ निको हुँदा संक्रमित र मृतक कति ?

१,९१६ निको हुँदा संक्रमित र मृतक कति ?

नेपालमा शनिबार थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय ६३पीसीआर परीक्षणका क्रममा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा ८२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा ७ लाख ५६ हजार ७३९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै थप २३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ८ सय ५८ को कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप १ हजार ९ सय १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ५४ हजार १७७ संक्रमित निको भएका छन् । हाल ३१ हजार ३५५ सक्रिय संक्रमित आइशोलेशनमा र ३८० जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख ३ हजार ४ सय ६५ पीसीआर र ३ लाख १८ हजार ३६७ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्