×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्यूठानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

प्यूठानमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं- प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर–४ गोठीबाङमा भएको मोटरसाइकल दुर्घटनामा एसईई दिएर फर्कंदै गरेका विद्यार्थीको मृत्यु भएको छ ।

विद्यानन्द मावि जुडापाटा परीक्षा केन्द्रमा एसईई दिएर फर्कंदै गरेका स्वर्गद्वारी नगरपालिका–७, तापाका १५ वर्षीय प्रतीक घर्तीको मृत्यू भएको हो । लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबसलाई ओभरटेक गर्ने क्रममा घर्तीले चलाएको लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटनामा परेको हो । 

घाइते घर्तीको उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सुवास खड्काले जानकारी दिए । घर्ती बेल्वास मावि बेल्वासमा अध्ययन गर्दै आएका थिए । 

प्रतिकृया दिनुहोस्