काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको अवलोकन गर्ने भएका छन् ।
पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालालगायत अन्य ठाउँको निरीक्षण गर्न मन्त्री आले विहान ११ बजे त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटल सञ्चालन गरेको छ ।
यसअघि मन्त्री आलेले नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्ध गरेका थिए ।