×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चिनियाँले गरे आफ्नै साथीको हत्या

चिनियाँले गरे आफ्नै साथीको हत्या

काठमाडौँ- एक चिनियाँ नागरिकको चक्कु प्रहारबाट उनकै साथी २९ वर्षीय गान साओजिओङको मृत्यु भएको छ ।

दुई दिनअघि मात्रै जाम्बियाबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक ३७ वर्षीय फेङ जेङयुङ, ३२ वर्षीय ली चुवान र २९ वर्षीय गान साओजिओङबीच वसन्तपुरमा भएको भेटपछि भएको विवादका क्रममा फेङले लुकाइराखेको चक्कु झिकी ली र गानलाई प्रहार गरेका थिए । सोही प्रहारका कारण गानको मृत्यु भएको छ भने फेङलाई प्रहरीले पक्राउ गरेको छ ।

एक प्रहरी अधिकारीका अनुसार दुई समूहबिच आर्थिक विषयमा विवाद थियो । दुई वर्षदेखि जाम्बिया बस्दै आएका तीनमध्ये मृतक गान र ली विवादकै बिच नेपाल भागेको सूचना फेङले पाएसँगै उनी दुई जनालाई पछ्याउँदै नेपाल आएका थिए । उनले गान र लीलाई अनेक सूत्र प्रयोग गरी खोजिरहेका बेला उनीहरू वसन्तपुर क्षेत्रमा रहेको सूचनापछि फेङ आइतबार बिहानै वसन्तपुर पुगेका थिए ।

ढुकेर बसिरहेका उनले गान र लीलाई वसन्तपुरमा घुम्दै गरेको देखेपछि नजिक पुगेर चक्कु प्रहार गर्दा लीको पेटमा गहिरो चोट लागेका थियो भने गानको छाती, पेट र टाउकोमा गम्भीर चोट पुगेको थियो । दुवैलाई उद्धार गरी प्रहरीले उपचारका लागि तत्काल राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो ।

बोल्न नसक्ने अवस्थामा रहेका दुईमध्ये गानको आइतबार साँझ ६ः३५ बजे मृत्यु भएको छ । गम्भीर घाइते लीको पनि अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिकृया दिनुहोस्