काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ अङ्कले घटेको छ । बुधवार नेप्से परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर १ हजार ८ सय ९२ अंकमा पुगेको छ ।
नेप्सेकाअनुसार बुधवार सेन्सेटिभ इन्डेक्ससमेत २.११ अंकले घटेर ३ सय ६१.५५ अङ्कमा झरेको छ । नेप्से घट्दा कारोबार रकमसमेत ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा झरेको छ ।
मंगलवार १७ अङ्कले बढेको बजारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।