×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने व्यक्ति  पक्राउ

काठमाडौँ -  सिरहा नगरपालिका–१२ सारस्वरका ३६ वर्षीय महिलालाई  छिमेकीले बोक्सीको आरोपमा  कुटपिट गरेकोले ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

 विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। ती महिलाले नै टुनामुना गरेर आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै उनले महिलामाथि कुटपिट गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्