×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप ३२७४ जनामा कोरोना‚ १९२९ संक्रमणमुक्त

थप ३२७४ जनामा कोरोना‚ १९२९ संक्रमणमुक्त

नेपालमा मंगलबार थप ३ हजार २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ५६५ पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ५६ र ६ हजार १ सय २४ एन्टीजेन परीक्षणका क्रममा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण १० हजार ३५४ जनाको ज्यान गुमाएका छन् ।

त्यस्तै थप १ हजार ९ सय २९ जना संक्रमणमुक्त हुदा हालसम्म नेपालमा ६ लाख ८७ हजार ६९ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३७ लाख ७९ हाजर २३० वटा पीसीआर र ४ लाख ७ हजार ४ सय ९५ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्