×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषि ज्ञान केन्द्र चितवनद्वारा किसानसँग सुझाव संकलन

कृषि ज्ञान केन्द्र चितवनद्वारा किसानसँग सुझाव संकलन

भरतपुर- कृषि ज्ञान केन्द्र चितवनले किसानसँग सुझाव संकलन गरेको छ । आज (मंगलबार) भरतपुरमा कृषकहरुको अनुभव र विज्ञताको सुझाव संकलन गरेको हो । राष्ट्रिय कृषक महासंघकी महासचिव रिता बास्ताकोटीले तीनै तहको सरकारमा सशर्त कृषि बजेटको व्यवस्था गर्न माग गर्नुभएको छ । उहाँले स्थानीय र प्रदेश तहमा कृषि विकास ऐन निर्माण गर्नुपर्ने भन्दै एक वडा एक कृषि प्राविधिक राख्न सुझाव दिनुभयो । पारिवारिक खेती प्रणालीको प्रवद्र्धन गरि प्राङ्गारिकखेती मार्फत  दिगो तथा आत्मनिर्भरमुखी कृषिमा जोड दिनुपर्ने धारणा राख्नुभयो । कृषक समुह, पशुसेवा समूहलाई स्थायी लेखा नम्बर प्यान लिने व्यवस्था खारेजी उहाँको माग छ ।

चितवन केरा उत्पादक संघका पुर्व अध्यक्ष विष्णुहरी पन्तले वास्तविक किसानहरुले कर्जा पाउन कठिन रहेको बताउनुभयो । ‘ठुला किसानहरुले मात्र कृषि कर्जा सहज रुपमै पाउने गर्दछन्,’ उहाँले भन्नुभयो, ‘कृषि कर्जा ५ बर्षका लागि हुँदा क्षेत्र विस्तार गर्न सकिएको छैन् ।यसलाई सच्चाउन आवश्यक छ।’ उन्नत जातको टिस्युकल्चर विरुवाको विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । पोस्ट हार्भेस्ट गरिसकेपछि राख्नका लागि चिस्यान केन्द्रको बनाउन सुझाव दिनुभयो ।
थ्बmबजब ष्ललभच
द्यष्वबथब कतभभ
ि
नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष शिवप्रसाद पौडेले मौरीको चरन क्षेत्र विस्तार गर्नुपर्ने बताउनुभयो । कृषि सडकहरु निर्माण हुन नसक्दा मौरीहरु चरन क्षेत्रमा लैजान नसकिएको बताउनुभयो । उहाँले गुणस्तर हिन मह रोक्नपर्ने धारणा राख्नुभयो । तरकारी जोन सञ्चालक समिति चितवनका निवर्तमान संयोजक हरिबाबु ढकालले परम्परागत रुपमा लागेका साना किसानहरुलाई पनि राज्यले अनुदानमा समेट्नुपर्ने बताउनुभएको छ । उहाँले कृषिका कार्यक्रमहरु वडा तह मार्फत कार्यान्वयन गर्न सुझाव दिनुभएको छ ।

संघ, प्रदेश र स्थानीय तहको अनुदान एउटै किसानले पाउने सम्भावना रहेको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गर्नुभयो । किसानका सुझावलाई विभिन्न माध्यम मार्फत समाधान गर्ने गरि लाग्ने कृषि ज्ञान केन्द्र चितवनले बताएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख धनबहादुर थापा, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, विभिन्न स्थानिय तहका कृषि अधिकृत, कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्