काठमाडौँ -दशैँको पहिलो दिन घटस्थापनामा सुनचाँदीको मूल्य वृद्धि भएको छ । असोज २१ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुनको मूल्य ४०० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
निरन्तर तेश्रो दिन स्थिर रहेको चाँदीको भाउ बिहीबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइत्बार यता चाँदीको भाउ प्रतितोला एक हजार १६० रुपैयाँ कायम रहेको थियो ।