×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक पक्राउ

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक पक्राउ

काठमाडौं- छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। कक्षा ११ मा अध्ययनरत एक छात्राले अधिकारीविरुद्ध दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसर प्रवक्ता एसपी दिनेश मैनालीले अधिकारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए। उनलाई अहिले गौशाला प्रहरी वृत्तमा राखिएको छ। अधिकारीमाथि कारबाहीको माग गर्दै विद्यार्थी स्कुल पोसाकमै आएर गौशालास्थित प्रहरी कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्।

दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीले प्रदर्शनी गरेका हुन्। अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट परिदिनेसम्मको धम्की दिइएको विद्यार्थीले दाबी गरेका छन्।

अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन्। किशोरीले विद्यालय जाँदा स्कर्ट लगाउँदा पनि स्कर्टका सम्बन्धमा अश्लील र भद्दा कमेण्ट गर्ने गरेको र फेसबुकमार्फत पनि बारम्बार यौन हिंसा गरेको विद्यार्थीले आरोप लगाएका छन्।

माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ। विद्यार्थीहरूले ती शिक्षकलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई दबाब दिइरहेका छन्।

को हुन् अधिकारी ?

पक्राउ परेका अधिकारीको घर काभ्रे हो। उनी नेकपा एमालेका नेता हुन्। अधिकारी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकमा पनि नियुक्त भएका थिए। नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो। सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस्