×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौं- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा खोलामा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–६ भल्कोटका चक्रबहादुर बुढाकी पाँच वर्षीया छोरी साकिरा बुढाको आइतबार खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएकी बालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्