×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

अबदेखी 'ट्रुकलर' एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल भएर आउने

अबदेखी 'ट्रुकलर' एन्ड्रोइड फोनमा पहिल्यै इन्स्टल भएर आउने

काठमाडौं - कलर आईडी एप ट्रुकलरले विश्वका चर्चित एन्ड्रोइड फोन कम्पनीहरूसँग सहकार्य गरेर आफ्नो एपलाई नयाँ आउने एन्ड्रोइड फोनमा डिफल्ट एपको रुपमा राख्ने भएको छ ।

यसको अर्थ हो, अब एन्ड्रोइड प्रयोगकर्ताले मोबाइलमा ट्रुकलरको एप डाउनलाेड गरिरहनुपर्ने छैन । यद्यपि यो एप प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय भने प्रयोगकर्ताको नै रहनेछ ।

आफूले प्रयोग गर्न चाहेको खण्डमा मात्रै एपलाई इनेबल गर्न सकिने कम्पनीले बताएको छ  ।

कुन कुन ब्राण्डको मोबाइलमा यो एप उपलब्ध हुन्छ भन्ने जानकारी नदिए पनि यो फिचर भारत, इन्डोनेसिया, मलेसिया, ल्याटिन अमेरिका लगायतका देशमा उपलब्ध हुने बताइएको छ ।

करिब १० करोड एन्ड्रोइड डिभाइसमा ब्युल्ट ईन ट्रुकलर उपलब्ध गराउने योजना रहेको कम्पनीले बताएको छ ।

स्विडेनका दुई जना इन्जिनियरले सुरु गरेको ट्रुकलर आज विश्वभर मासिक सक्रिय प्रयोगकर्ता ३० करोडभन्दा बढी रहेका छन् ।

प्रतिकृया दिनुहोस्