काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै १३ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा मात्रै १३ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेकामध्ये सात जना आईसीयू र चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।
२४ घण्टामा देशभरका प्रयोशालाबाट १२ सय १६ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा कोरोना पुष्टि भएको थियो। सोही समयमा ११ जना संक्रमणमुक्त भएका छन्। २६ हजार ९७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले कोरोना नियन्त्रण गर्न सहि तरिकाले मास्क लगाउन आग्रह गर्नुभएको छ।
उहाँले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गनुभएको छ। उहाँका अनुसार काठमाडौंका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन्।
केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ।
मन्त्रालयले संक्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोधसमेत गरेको छ