धनगढी - काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्वमन्त्री वीरबहादुर बलायर विजयी भएका छन्। उनले कूल खसेका १ हजार ३ मध्ये उनले ६८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका हुन्।
विज्ञापनयस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्। शाहले ६४८ र खड्काले ६३५ मत पाएका छन्। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्। तीनै जना देउवा पक्षका हुन्। ४९ जना सदस्य चयनका लागि भएको मतदानको परिणाम भने सार्वजनिक गरिएको छैन। तीन जना सदस्य भने निर्विरोध चयन भएका थिए।