×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र 'पुजार सार्की' को टिजर सार्वजनिक (भिडिओ सहित)

चलचित्र 'पुजार सार्की' को टिजर सार्वजनिक (भिडिओ सहित)

 काठमाडौं - बहुप्रतिक्षित चलचित्र 'पुजार सार्की' को टिजर सार्वजनिक भएको छ।  शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत दिनेश राउत निर्देशित फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्काले बाजा बजाइरहँदा अभिनेता आर्यन सिग्देललाई डोलीमा देख्न सकिन्छ। टिजरमा अभिनेता पल शाह, अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुलाई पनि देख्न सकिन्छ। 

चलचित्रमा प्रदीप, आर्यन, पल, अन्जना र परीक्षासँगै  मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, राजेश बिसुराल, गोविन्द रमण पराजुलीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। 

फिल्मलाई संगीतकार सुवास भुसालले निर्माण गरेका छन्। एक दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन्।

राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई भरत रेग्मीले सम्पादन गरेका छन्।यो फिल्म जेठ १० गतेदेखि प्रदर्शन हुनेछ। 

प्रतिकृया दिनुहोस्