×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोरखापत्रको फेसबुक करिब डेढ महिनापछि रिकभर

गोरखापत्रको फेसबुक  करिब डेढ महिनापछि रिकभर

काठमाडौं- सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज करिब डेढ महिनापछि पुनः प्रयोगमा आएको छ । ६ लाख ४१ हजार बढी लाइक भएको गोरखापत्रको फेसबुक पेज गोरखापत्र अनलाइन गत चैत ९ गतेदेखि ह्याकरकाे कब्जामा थियाे ।

अनधिकृत व्यक्तिको पहुँचमा गएको फेसबुक पेज मंगलबार दिउँसो २ बजेदेखि पुनः एडमीनको पहुँचमा आएको गोरखापत्रले जनाएको छ ।

पेज रिकमभर भएपछि गोरखापत्रले फेसबुकमा लेखेको छ, ''गोरखापत्र अनलाइनको फेसबुक पेजमा केही दिनदेखि  प्राविधिक समस्या आएपछि समाचार सामग्री प्रकाशनरप्रसारणमा बाधा उत्पन्न भएको थियो । यसबाट समस्त पाठक, श्रोता र दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब नियमितरूपमा तपाईहरूको सेवामा उपस्थित हुने प्रतिबद्धता जनाउँदछौँ ।''

त्यसअघि उक्त फेसबुक पेजमा पोस्ट भएका सामग्रीहरू भने यथावत् नै रहेको पाइएको छ । नेपाल प्रहरी साइबर ब्यूरोको विशेष पहलमा मंगलबार फेसबुक पेज आफ्निो एडमिनको पहुँचमा आएको गोरखापत्रले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्