×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेशलाई रिझाउन नसके निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा : नेता निधि

मधेशलाई रिझाउन नसके निर्वाचनमा कांग्रेसलाई ठूलो घाटा : नेता निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए ।

कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना का‌ंग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।’

मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए । 

प्रतिकृया दिनुहोस्