नेकपा एमाले नेता महेस बस्नेतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ठेगान लगाउन वाईसीएलको कार्यकर्ता नै काफी भएको चेतावनी दिएका छन् । नेता बस्नेतले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आयोगका उपाध्यक्ष गिरी माओवादीका उग्र कार्यकर्ता रहेको कुरा घामजस्तै छर्लङ्ग भएको बताएका छन् ।
उनले गिरीलाई माओवादी नेता गिरीराजमणि पाखरेल शिक्षामन्त्री हुँदा नियुक्ति दिइएको उल्लेख गर्दै नेपालका डाक्टर र व्यवसायीहरुलाई बस्न, टिक्न नदिने षड्यन्त्र भएकोसमेत उल्लेख गरेका छन् । गिरीले आइतबार आफूलाई सरकारबाट नै असुरक्षा भएको बताएका थिए ।
यसअघि दुर्गा प्रसाईले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्ती कृष्णगोपाल श्रेष्ठले सम्बन्धन दिने बताए पनि आयोगका उपाध्यक्ष गिरीले भने दिन नहुने अडान राखेका थिए ।
के भनेका छन् बस्नेतले ?
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओवादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षामन्त्री गिरीराजमणि पोख्रेल छँदा नियुक्ति लिएका यिनका विगतका अनेक हर्कत र भ्रष्टाचार काण्मा तीनै पूर्वमन्त्री र माओवादीका ठूला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ । नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ । नेपालका डक्टरह्ररु र मेडिकल व्यवसायीहरुलाई बस्न टिक्न नदिने, व्यवसाय गर्न नदिने र एमबीबीएस पढ्न चहाने विद्यार्थीहरुलाई अफ्नै देशमा पढ्ने वातावारण बन्न नदिेन र वार्षिक १५ अर्बभन्दा बढी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली व्यवसायीले सञ्चालन गरेको मेडिकल कलेजहरुलाइ सम्बन्धन दिनुहुँदैन भनेर स्याल हुइँया गर्दैछ्न् ।
आज एकाएक कथित गिरीलाई प्रधानमन्त्रीले धम्क्याृनुभयो भनेर केही डलरे नागरिक समाज जो पाएसम्म प्रधानमन्त्रीको ***सम्म बाँकि राख्दैनन्हरुले खोक्न थालेछन् र रोइलो गर्दैछन । कृपया याद रहोस्, त्यो भ्रष्ट लाइ सम्झाउन विधि र कानुन पर्याप्त छ । फेरि पनि सम्झाउनै परे पनि तीनले दुःख दिएका पूर्व वाईसीएलको एउटा सामान्य कार्यकर्ता काफी छ ।