धनगढी: नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै तीन जना मन्त्रीलाई कारबाही गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई एमालेले शुक्रबार साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए । निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् ।
उनीहरुले थापाले बिहीबार २४ घण्टाको अल्टिमेटम दिँदै स्पष्टिकरण सोधेका थिए । उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै तीनै जनालाई शुक्रबार कारबाही गरिएको हो ।