भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय खोपबाट लाभान्वित हुने आशा रहेको बताएका छन् ।
मुलुकले खोप प्राप्त गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला राजदूत आचार्यले सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत भारतीय खोपबाट लाभान्वित हुने आशा र प्रयास जारी रहेको जनाएका छन् ।
उनले कवितात्मक शैलीमा लेखेका छन्, " खोप थुपार्ने देश छन् । खोप खोज्ने देश छन् । कोभिड विश्व महामारी हो । विश्वले सँगै सोच्नुपर्ने हो । खोप न्याय हुनुपर्ने हो । कतै छेलोखेलो कतै हाहाकार नहुनुपर्ने हो । भारतले खोप त उत्पादन गर्छ तर आफैँ अभावमा छ । तैपनि पहिलेझैं अब पनि भारतीय खोपबाट हामी लाभान्वित हुने आशा छ । प्रयास पनि छ ।"
खोप थुपार्ने देश छन्।
खोप खोज्ने देश छन्।
कोभिड विश्वमहामारी हो।
विश्वले संगै सोच्नुपर्ने हो।
खोप न्याय हुनुपर्ने हो।
कतै छेलोखेलो कतै हाहाकार नहुनुपर्ने हो।
भारतले खोप त उत्पादन गर्छ तर आफै अभावमा छ।
तैपनि पहिलेझैं अब पनि भारतीय खोपबाट हामी लाभान्वित हुने आशा छ।
प्रयास पनि छ।
— Nilamber Acharya (@nilacharya) June 28, 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र मुलरुपमा सबै नेपालीलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरेकै दिन भारतका लागि नेपाली राजदूत आचार्यले यस्तो अभिव्यक्तिले मुलुकमा खोप आउने आशा जागेको छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यसैगरि थप २० लाख डोज खोप खरिद गरेकोमध्ये १० लाख डोज प्राप्त भइसकेको छ ।
भारतको सर्वोच्च अदालतले खोप आफ्नो नागरिकलाई नलाएसम्म निर्यात नगर्न प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लो विभिन्न मुलुकहरुबाट खोप आपूर्ति गर्न दबाब बढेपछि केही मुलुकलाई निर्यात गर्ने भारतले संकेत दिएको छ ।