×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरू हुँदै

राष्ट्रियसभाको अधिवेशन आजदेखि सुरू हुँदै

राष्ट्रियसभाको आठौँ अधिवेशन विहीबारदेखि सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशनको आह्वान गरेकी हुन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बस्ने कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने कार्यसूची तय गर्नेछ ।

बैठकको प्रारम्भमा अधिवेशन आह्वान र मन्त्रिपरिषद पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ ।

यस बीचमा जारी भएको अध्यादेशसमेत बैठकमा पेश गरिने छ । 

राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भइ २६ गते अन्त्य भएको थियो ।
एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

बागमती प्रदेशबाट निर्वाचित डा.खिमलाल देवकोटा र लुम्बिनीबाट निर्वाचित दृगनारायण पाण्डे राष्ट्रियसभा निर्वाचनमा नव प्रवेशी छन् ।

राष्ट्रियसभामा अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाबाट निर्वाचित तथा तीनजना मन्त्रिपरिषदबाट सिफारिस भएकासहित ५९ सदस्य छन् ।

प्रतिकृया दिनुहोस्