काठमाडाै - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे पद संकटमा परेकाे छ । राष्ट्रीय जनमाेर्चाका अध्यक्ष चित्रवहादुर केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने घाेषणा गरेसगैँ पद धरापमा परेकाे हाे । अध्यक्षले केसीले पार्टीले गरेकाे निर्णय सार्वजनिक गर्दै अविस्वासको प्रस्तावमा समर्थन गर्ने स्पष्ट पारेका हुन् ।
गण्डकी सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गरिरहेको र त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने भएकोले मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा समर्थन गर्ने निर्णय भएको वक्तव्यमा उल्लेख छ । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ । त्यसका क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ । त्यसकारण गण्डकी प्रदेश सरकारका विरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ,’ वक्तव्यमा भनिएको छ।
आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ ।
साथै, मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत जनमोर्चाले बताएको छ। गण्डकीमा एमाले नेतृत्वको सरकार जोगिन जनमोर्चाको साथ आवश्यक छ । जनमोर्चाले साथ नदिने भएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्नेछैनन् ।