×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

माओवादीमा राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौं - नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्ताे निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताए । 

उहाँले भने, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिन दिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय भयो ।’
उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए । 

प्रतिकृया दिनुहोस्