×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउवा पक्षले कृष्ण यादवलाई बनायो प्रदेश २ मा सभापतिको उम्मेदवार

देउवा पक्षले कृष्ण यादवलाई बनायो प्रदेश २ मा सभापतिको उम्मेदवार

 काठमाडौं - प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेदवार बनाउने भएको छ । रौतहटका सभापति यादवलाई सभापति शेरबहादुर देउवा पक्षले प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । 
देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
देउवा समूहबाट सहमहामन्त्री निर्वाचित महेन्द्र यादव र फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यत्रय चित्रलेखा यादव, रमेश रिजाल र आनन्दप्रसाद ढुंगानाले स्थानीयस्तरमा समूहको चुनावी रणनीति बनाइरहेका छन् । विमलेन्द्र निधि र शेखर कोइराला समूहले संयुक्त प्यानल बनाएर प्रदेश २ का संसदीय दलका नेता एवम् मन्त्री रामसरोज यादवलाई अगाडि सार्ने तयारी छ । उनी पूर्व उपसभापति निधि निकट हुन् । 
निधि समूहसँग सहकार्यका लागि प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरेको संयोजकत्वमा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरमा  छन् ।
कोइराला समूहबाट निर्वाचित उपसभापति धनराज गुरुङ र महामन्त्री गगनकुमार थापा मंगलबार विहान​को अन्तिम उडानबाट जनकपुर पुगेका छन् । प्रदेश अधिवेशनबाट सभापतिसहित उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्यहरू चयन हुनेछन्। प्रदेश महाधिवेशन अन्तर्गत जनकपुरमा मंगलबार मतदाताको नामावली, उम्मेदवारी मनोनयन, मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्