×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ज्ञानेन्द्र शाहीले थाले जुम्ला पुगेर चुनावी प्रचार

ज्ञानेन्द्र शाहीले थाले जुम्ला पुगेर चुनावी प्रचार

काठमाडौँ- राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्ला पुगेर चुनावी तयारी थालेका छन् । केही दिनअघि शाहीले जुम्लाबाट सङ्घीय चुनाव लड्ने घोषणा गरेका थिए । जुम्ला उनको गृह जिल्लासमेत हो । 

शुक्रबार जुम्ला विमानस्थलमा शाहीलाई कार्यकर्ता र शुभेच्छुकले नेपाली झन्डा, फुलमाला र दोसल्लाले स्वागत गरेका थिए । चुनाव लड्ने घोषणा गरेयता नेता शाही पहिलो पटक गृहजिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा पुगेका हुन् । उनले उम्मेदवारी घोषणा गरेसँगै जिल्लामा राजनीतिक सरगर्मी बढेको छ ।

जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको मतपरिणाम अनुसार राप्रपाले करिब ४५० मतमात्रै ल्याएको उनले बताए । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ ।

२०७४ सालको संघीय निर्वाचनमा भने राप्रपा गठबन्धनमा सामेल थियने । संघीय चुनावमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गजेन्द्रबहादुर महतले २२ हजार १७३ मत लाएर चुनाव जितेका थिए । दोस्रो भएका नेपाली काँग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत ल्याएका थिए ।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले २ हजार ७१८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का विन बुढाले ३८०, तत्कालीन संघीय समाजवादी फोरमले १५९ मत ल्याउँदा स्वतन्त्र उठेका हरिहर चौलागाईले १५२ मत ल्याएका थिए ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्