काठमाडौं- नेकपा एमालेका सांसद डा. भीम रावलले नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुने क्रममा प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् ।
सांसद रावलको कविता
‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ,
नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ ।’
बिहीवारको प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११३ को उपधारा ३ अनुसार फिर्ता गरेको नागरिता विधेयक देश हितका लागि गरेको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे ।
संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए । सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्, कतिले पाएका छैनन्, कतिले गैरकानुनी रुपमा नागरिकता पाएका छन्, त्यसको छानविन हुनुपर्छ ।’
भारत बेलायत, बंगलादेश, भुटान लगायतका देशमा स्वदेशीसँग बिहे गरेकी महिलाका लागि ७ बर्षसम्म समय राखेकोमा नेपालले पनि सो अवधी राख्नु कसरी गलत हुन्छ भन्दै रावलले प्रश्न गरे ।