×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मोटरसाईकलको ठक्करबाट बृद्वाको मृत्यु

मोटरसाईकलको ठक्करबाट बृद्वाको मृत्यु

तनहुँ - तनहुँको देउराली भन्ने स्थानमा मोटरसाईकलले ठक्कर दिदा १ जना बृद्वाको ज्यान गएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ को देउरालीमा बुधबार बिहान मोटरसाइकलको ठक्करबाट स्थानिय ७२ वर्षीया चेतकुमारी जैशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग. १६ प १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा जैशी गम्भिर घाईते भएकी थिइन । जैशीको रत्नहरि अस्पतालमा चिकित्सकहरुले मृत्त घोषणा गरेका थिए ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्