×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकै दिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ

एकै दिन १४ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनको भाउ बिहीबार एकै दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि मंगलबार र बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन भने अघिल्ला दुई दिन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार र बुधबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिकृया दिनुहोस्