काठमाडौं- काठमाडौं उपत्यका तीन जिल्लाका सीडीओहरूको बैठक निष्कर्ष विहीन रूपमा टुंगिएको छ ।
काठमाडौंका सीडीओ कालीप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइए पनि आज कुनै निर्णय हुन नसकेको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
उनले अनलाइनपनालाई भने ‘आज निषेधाज्ञाको विषयमा कुनै निर्णय हुन सकेन । भोलि बिहान गर्ने सल्लाह भएको छ । भोलिको निर्णय जे आउँछ आगामी २१ गतेबाट लागु हुनेछ ।’