×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापान क्युस्यु क्षेत्रको क्षेत्रिय अधिवेशन हुने,चुनावी चहलपहल सुरू

एनआरएनए जापान क्युस्यु क्षेत्रको क्षेत्रिय अधिवेशन हुने,चुनावी चहलपहल सुरू

जापान । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत क्युस्यु क्षेत्रको क्षेत्रिय अधिवेशन हुने भएको छ । गत जुन ८ मा समितिका सयोजक भिम बहादुर गुरुङ को सयोजकत्वमा बसेको कार्यसमितीको नियमित बैठकले आगामी जुन २९ तारिक आईतवार फुकुओकाको हाकातामा क्युस्यु क्षेत्रिय समितीको अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनका लागी सन्तोष थापाको सयोजकत्वमा हस्त लामा र प्रकाश लामिछाने रहेको ३ सदस्यिय निर्वाचन समिती गठन गर्नुका साथै उम्मेदवारी शुल्क पनि निर्धारण गरिएको समितिका सदस्य दामोदर वस्तीले जानकारी दिएका छन् । संयोजक पदका लागी एक लाख ऐन, उपसयोजकका लागि असी हजार ऐन, महिला उपसंयोजक र कोषाध्यक्षका लागी पचास हजार ऐन, सचिव र सहसचिवका लागी क्रमश सत्तरी र साठी हजार ऐन तय गरिएको छ । त्यसैगरि सहकोषाध्यक्ष र युवा सयोजकका लागी चालिस  हजार ऐन र अन्य  सदस्य पदको उम्मेदवारीका लागी बिस हजार ऐन शुल्क निर्धारण भएको छ । अधिवेशनको मिति घोषणा भएसगैँ निर्वाचनको माहोल एक्कासी तातेको छ । 

प्रतिकृया दिनुहोस्