×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिन लगाएर भारतको कुशीनगरबाट लुम्बिनी आइपुगे

भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिन लगाएर भारतको कुशीनगरबाट लुम्बिनी आइपुगे

काठमाडौं- भगवान गौतम बुद्धले निर्वाण प्राप्त गरेको भारतस्थित बुद्धस्थल कुशीनगरबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म बौद्ध भिक्षुहरू खाली खुट्टा पैदल यात्रा गरेका छन् ।

९१ जना थाई र लाओसका भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिनमा पूरा गरेर कुशीनगरबाट लुम्बिनी आइपुगेका हुन् ।

थाई भिक्षु चरणको नेतृत्वमा आएको टोली ठाउँ–ठाउँमा बास बस्दै धर्मदेशना गर्दै लुम्बिनी आएका हुन् ।

टोलीले विश्व शान्तिका लागि मायादेवी मन्दिरमा परित्राण पाठ र पूजाआजा गरेका छन् । एक महिनाका लागि आएका भिक्षुले भारतमा रहेको बुद्धस्थल राजगीरदेखि बौद्धगयासम्म पनि पैदल हिँडेर पुगेका हुन् । 

प्रतिकृया दिनुहोस्