×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १८०१ जनामा कोरोना‚ १९२४ संक्रमणमुक्त

थप १८०१ जनामा कोरोना‚ १९२४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टायता नेपालमा १ हजार ८०१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ ।

त्यस्तै सोही अवधीमा १ हजार ९२४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ पुगेको छ ।

२४ घण्टायता २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्