×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू (फोटो फिचर)

प्राकृतिक विश्व फोटोग्राफी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू (फोटो फिचर)

एजेन्सी/कोलम्बो- श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । 

श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ । पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् । दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद्यालय ठप्प छन् ।

यसैबीच बुधबार सरकारको विरोध गर्दै सयौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् । ‘मैले इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको छु’, राजापाक्षेले रुसी नेतासँगको कुराकानीको सन्दर्भमा ट्वीट गरेका छन् । गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राजापाक्षेले मस्को र कोलम्बो बीचको उडानपुनः सुचारु गर्नका लागि अनुरोध गरेको बताएका छन् । 

 

 

प्रतिकृया दिनुहोस्