×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक वस्दै

राष्ट्रपतिको उम्मेदवार र सुदूरपश्चिम सरकारबारे छलफल गर्न उच्चस्तरीय संयन्त्रको बैठक वस्दै

काठमाडौं - सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारको पूर्णता, राष्ट्रपति निर्वाचनलगायतको विषयमा छलफल हुने बताइएको छ । 

एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ । 

बुधवार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन सहमत भएको थियो । 

प्रतिकृया दिनुहोस्