×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

महाधिवेशनलाई प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण गरेको पौडेल समूहको आरोप

महाधिवेशनलाई प्रभावित पार्ने गरी क्रियाशील सदस्यता वितरण गरेको पौडेल समूहको आरोप

महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले दाबी गरेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठुलो संख्यामा क्रियाशील सदस्यता वितरण गर्ने कार्य गरिएको उनीहरूको आरोप रहेको छ ।

पौडेल समूहले संघिय राजधानी काठमाडौंमा बिहीबार पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानबिन समितिमा रहेका आफूनिकट नेताहरूसँग छलफल गर्दै क्रियाशील सदस्यताबारे छलफल गरेको हो ।

समायोजनका नाममा आएका नयाँ क्रियाशील सदस्यतालाई लिएर छानबिन समितिमा उजुरीहरू बढ्न थालेपछि पौडेल समूहको बैठक बसेको बताइएको छ ।

क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न पार्टीले सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल, सिटौला समूहका प्रदीप पौडेल रहेका छन् ।

प्रतिकृया दिनुहोस्