एजेन्सी- विश्वमा जति विज्ञान, प्रविधि र आर्थिक स्तर बढ्दै गएको छ उति नै युवाहरुमा नयाँ नयाँ सोख र चाहनाहरु पैदा भईरहेका छन् । त्यस मध्य भ्यालेन्टाईन डे नजिकिँदै जाँदा एक अमेरीकी विमान कम्पनीले आकाशमा प्रेम र रोमान्सको नयाँ अफर ल्याएको छ । लस भेगासमा रहेको सो कम्पनीले विमान भित्रै जोडीलाई बस्ने र रोमान्स गर्ने आकर्षक स्थान बनाईदिएको छ ।
विमानले ४५ मिनेटको अवधि प्रदान गर्नेछ । जसको लागि ९९५ डलर खर्च गर्नु पर्ने हुन्छ । केही दिन अघि एक युवतीले सोही विमान भाडामा लिएर आकाशमा रोमान्स गरेको खबर सार्वजनिक भएको थियो । यही कुनै जोडीले आकाशमै बिहे गर्न चाहेमा भने ११९५ डलर तिर्नु पर्नेछ । यदी आकाशमै खाना पनि खाने हो भने थप एक सय डलर खर्च गर्नु पर्ने कम्पनीले प्रस्ताव राखेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख छ ।