×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

वडाध्यक्षको कुर्सीमै बसेर माओवादी नेताले चुरोट तानेपछि...

वडाध्यक्षको कुर्सीमै बसेर माओवादी नेताले  चुरोट तानेपछि...

काठमाडौँ -  बझाङमा वडाअध्यक्षको कुर्सी दुरुपयोग भएको पाइएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको हो। 

मण्डेल वडाअध्यक्ष रहेको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर कुर्सीमा बस्दै चुरोट तानेको फोटो समेत सार्वजनिक भएको छ। उक्त कुर्सीमा बसेर चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ का केशव धामी रहेको खुलेको छ। धामी नेकपा माओवादी केन्द्र नेता हुन्। उनी माओवादी वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेको बताईएको छ। यता, वडाअध्यक्ष पदम मण्डेलले आफू बाहिर रहेकाले वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताएका छन्।

उता, कार्यबाहक वडाअध्यक्ष जहरे धामीले भने आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने दाबी गरेका छन्। कानूनले भने सार्वजनिक स्थलमा धुम्रपान निषेध गरिएको हुन्छ। तर, उनलाई कारबाही गरिने या नगर्ने यसबारे भने वडा कार्यालयको कुनै प्रतिक्रिया आएको छैन।   

प्रतिकृया दिनुहोस्